नियम ११
सम्बन्धित विभागको प्रमुखको काम, कर्तव्य र अधिकार
यो नियमावलीको अधीनमा रही महान्यायाधिवक्ताको कार्यालयका सम्बन्धित विभागको प्रमुखको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) महान्यायाधिवक्ताको कार्य सम्पादनमा सहायता गर्ने,
(ख) कुनै संवैधानिक वा कानूनी विषयमा नेपाल सरकारको कुनै मन्त्रालय, सचिवालय वा संवैधानिक निकायलाई राय सल्लाह दिने,
(ग) नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्ने,
(घ) नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा पुनरावेदन, पुनरावलोकन वा मु्द्दा दोहो¥याउनको लागि नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट निवेदन दिनेसम्बन्धी कारबाही गर्ने, गराउने ।